नशामुक्त अभियान अन्तर्गत खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरिने

IMG-20240720-WA0240

गान्तोक: नशामुक्त भार अभियान अन्तर्गत नाम्ची जिल्लामा खुल्ला म्याराथन दौड आयोजना गरिने विषयलाई लिएर आज एक सभा जिल्लापाल अनुपा तामलिङको कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता जिल्लापाल तामलिङले गरेकी थिइन् भने यस अवसरमा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा जिल्लापालले खुल्ला म्याराथन दौड प्रतियोगिता आगामी ३ अगस्तको दिन जिल्लापाल नाम्ची, सामाजिक कल्याण विभाग र खेलकूद विभागको संयुक्त पहलमा आयोजना गरिने जानकारी गराइन्। यस प्रतियोगितालाई चारवटा भागमा विभाजन गरिने भएको छ, जसमा खुल्ला पुरूषवर्ग, खुल्ला महिलावर्ग, १५-१७ वर्षसम्मको किशोर र किशोरीहरू रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement