सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा स्वतन्त्रताको दिवसको सुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको शुभ अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य अनि देशका जनतालाई हार्दिक बधाई अनि न्यानो अभिवादन व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा यो वर्ष ब्रिटिस औपनिवेशिक शासनबाट भारत स्वतन्त्रताको ७५ वर्ष पुरा भएको र यस वर्षलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनअनुसार समस्त देशमा नै आजादी का अमृत महोत्सव को रूपमा मनाइरहेको छ भनी बताएका छन्। उनले यसको मुख्य उद्देश्य प्रगतिशील भारत र यसको समृद्ध इतिहास, विविध जनसंख्या, भव्य संस्कृति र महान उपलब्धिहरू उजागर गर्नु रहेको बताएका छन्।

मुख्यमन्त्रीले यस अवसरमा स्वतन्त्रता सेनानीहरूप्रति श्रद्धाञ्जली र गहिरो सम्मान व्यक्त गरेका छन्। भारतले १५औं राष्ट्रपतिको रूपमा भर्खरै श्रीमती द्रौपदी मुर्मुलाई निर्वाचित गर्नु गर्वको कुरा रहेको बताउॅंदै उनले जनजाति समुदायबाट निर्वाचित प्रथम महिला राष्ट्रपतिले राष्ट्रको नेता बन्ने आकांक्षा राखेका देशका छोरीहरूलाई ठूलो सपना देख्ने बाटो खोलिदिएको बताएका छन्। उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मु अनि उपराष्ट्रपति जगदीप धनखड-को ऐतिहासिक विजयको निम्ति सिक्किमका जनताको तर्फबाट हार्दिक बधाई व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, सिक्किम महान भारतीय राष्ट्रको एक अंग बनेपछि देश अनि जनताको विकासमा सफलता पाएको छ। हाम्रो राज्यले जीवनस्तरमा निरन्तर वृद्धि, पूर्वाधार निर्माण र स्वस्थ्य शिक्षा, पर्यटन, कृषि बागवानी लगायतका दूग्ध क्षेत्रहरूमा प्रचुर विकास गरिरहेको छ। २०१९ मा नयॉं सरकार गठन भएदेखि नै राज्यलाई अझ सुद्धढ बनाउन र देशको उत्कृष्ट र समृद्ध राज्यको रूपमा अझ माथि पुर्याउन हाम्रो लक्ष्य रहेको छ।

उनले कोरोना महामारी अवधि सरकारले स्वास्थ्य क्षेत्रमा गरेका प्रमुख उपलब्धिहरूको विस्तृत वर्णन गरेका छन्। उनले भनेका छन्, सिक्किम भारतको सबैभन्दा साक्षर राज्य हो। हालको अनुमानित साक्षरता दरको साथ ९० प्रतिशत भन्दा धेरै अनि २०१९-२० सम्मको कुल अनुपात ७५.८ प्रतिशत उच्च शिक्षा जुन देशकै उच्च शिक्षा हो। सरकारले राज्य भरीका सबै क्षेत्रलाई समेटेर गुणस्तरीय शिक्षा प्रदान गर्नमा ठूलो फड्को मारेको छ। उनले सरकारद्वारा आमा योजना पनि थालिएको बताएका छन्, जसमार्फत सेवा गर्ने आमाहरूलाई वार्षिक आर्थिक सहायता प्रदान गरिने छ। यसरी नै वात्सल्य नामक योजनाको माध्यमबाट अति आवश्यक परेका व्यक्तिहरूलाई आइभीएफ- सुविधा उपलब्ध गराइने योजनामाथि पनि उनले प्रकाश पारेका छन्।

उनले अझ भनेका छन्, सरकारले खेतीपाती, तरकारी, फलफूल अनि अन्य सम्बद्ध गतिविधिहरूमा सहभागिता बढाउनेहरूलाई उच्च प्राथमिकता दिएको छ। पशु स्वास्थ्यमा नयॉं संरचना दाना, कृत्रिम गर्भधान, भ्रूण स्थान्तरणमा प्राविधिक सुधारको पहलहरू गरिएको छ। राज्यमा माछाको उत्पादन बढाउन र उपलब्ध गराउने माछा पालकहरूको आर्थिक सुधार र दिगो जीविकोपार्जनको निम्ति सरकारले २१ अक्टोबरमा मुख्यमन्त्री मत्स्य उत्पादन योजना (एमएमएमयूवाइ) शुरु गरेको छ। सरकारले ३०५० घर सिक्किम गरिब आवास योजनाअन्तर्गत निर्माण गरेको छ। शहरी क्षेत्रका जनताको निम्ति नगरपालिकामा ५०२ घर निर्माण कार्य भइरहेको छ। जस्तै गान्तोक, गेजिङ, मङ्गन, रङ्फू, सिङ्गताम अनि नाम्चीमा प्रत्येक घरको लागत १९.३७ लाखको रहेको छ। राज्यको दिगो विकासको लागि पर्यटनलाई सबैभन्दा भरपर्दो र ‘उच्च वृद्धि क्षेत्र’ मानिन्छ। राज्यको निम्ति चिन्ताको विषय बनेको बेरोजगारीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्न पर्यटन क्षेत्रले ठूलो रोजगारी सृजना गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *