दाम्बुला: महिला एशिया कप क्रिकेट टुर्नामेण्टमा गत च्याम्पियन भारतले जीतको साथ अभियान शुरु गऱ्यो। शुक्रवार टुर्नामेण्टको पहिलो दिन खेलिएको म्याचमा भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। रनगिरी दाम्बुला इण्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानको टीम १९.२ ओभरमा १०८ रन बनाएर अलआउट भयो। सादिरा अमिनले सर्वाधिक २५ रन बनाइन्। यसबाहेक तुबा हसन र फातिमा सानाले २२-२२ रनको योगदान दिइन्। भारतीय बलरहरूमा दीप्ति शर्माले सर्वाधिक ३ विकेट हासिल गरिन्। यसरी रेणुका सिंह, पुजा वस्त्राकर र शेयंका पाटिलले २-२ विकेट लिइन्। जवाफमा भारतले १४.१ ओभरमै ३ विकेट गुमाएर १०९ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतको तर्फबाट दुईजना ओपनर स्मृति मन्धना र शेफाली वर्माले क्रमशः ४५ र ४० रन बनाइन्। यी दुईले पहिलो विकेटको निम्ति ९.३ ओभरमा ८५ रनको पार्टनरशीप गरी म्याचलाई एकतर्फी बनाइन्। मन्धनाले ३१ बल खेलेर ९ वटा चौका लगाइन्। यसरी शेफालीले २९ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाइन्। दयालन हेमलताले १४ रन बनाइन्। भारतले पछिबाट मन्धना, शेफाली र हेमलतालाई नियमित अन्तरालमा गुमाए पनि कप्तान हरमनप्रीत कौर (अविजित ०५) र जेमिमा रोड्रिग्स (अविजित ०३)-ले मिलेर टीमलाई जीत दिलाइन्। पाकिस्तानकी बलरहरूमा सइदा अरूब शाहले २ विकेट हासिल गरिन्। दीप्ति शर्माले प्लेयर अव् द म्याचको पुरस्कार जितिन्।