प्रस्तावित ढल निकास प्रणाली र रानीखोलालाई जोड्ने सोरेङको परिधीय क्षेत्रको निरीक्षण भ्रमण

IMG-20240717-WA0003

सोरेङ:: सोरेङ जिल्लाका जिल्लापाल धिरज सुबेदीको अगुवाईमा जिल्ला प्रशासनको एक टोलीले आज जौंटारमा प्रस्तावित ढल निकास प्रणाली र रानीखोलालाई जोड्ने सोरेङको परिधीय क्षेत्रको निरीक्षण भ्रमण गऱ्यो।

टोलीमा जिल्लापाल लगायत एडीसी डीआर बिष्ट, एडीसी गयास पेगा, एसडीएम सन्नी खरेल, एसई सडक तारा सुब्बा, बीडीओ एसके शर्मा तथा जल संसाधन, खेलकुद, उर्जा, आरडीडीका अधिकारीहरू पनि उपस्थित थिए।

निरीक्षण जौटार खेलमैदानबाट शुरू गरियो। टीमले रानीखोला जाने क्रममा बाटो छेउ ढल निकासको पनि निरीक्षण गऱ्यो। जिल्लापालले कतिपय ठाउॅंहरूमा ढल निकास प्रणालीमा सुधार गरिनु पर्ने बताए। उनले हस्तक्षेप आवश्यक ठाउॅंहरूमा व्यवस्थत दृष्टिकोण अपनाउन सुझाउ दिए। सम्बन्धित विभागहरूलाई टीमको रूपमा काम गर्न र दुई हप्ताभित्र ड्राफ्ट प्लान तयार गर्न निर्देश दिइएको छ।

About Author

Advertisement