वन महोत्सवको पालनसँगै वृक्षरोपण

IMG-20240718-WA0186

दार्जीलिङ: शंकर ग्राम समाज, हरिदासहट्टा सुधार सम्मेलन समाज अनि गैरसरकारी संस्था हिल्दारीले संयुक्त रूपमा बिहीवार वन महोत्सवको पालन गर्दै वृक्षरोपण गरे। यी संस्थाहरूले दार्जीलिङको गौशाला सिम्धाप वन परिसरमा पाँच सय भन्दा अधिक बिरूवा रोपे। वृक्षरोपण कार्यक्रमलाई वन विभागका दार्जीलिङ मुख्यालयका रेञ्ज अफिसर दावा लेप्चा, सुखिया पोखरीका रेञ्ज अफिसर श्रीमती निला राईले ठूलो सहयोगमा पुऱ्याएको हिल्दारी संस्थाले जनाएको छ। रोपिएको बिरूवाहरूमा धुपी, काउलो, मिठे चाँप, तिते चाँप, गुराँस, पिप्ली, साइप्रस धुपी, लेक चिलाउने, उत्तीस, दुदेलो अनि मलता रहेको बताइएको छ। यसको साथै धेरै मात्रामा सिजने फुलको बिरूवाहरू पनि रोपिएको हिल्दारी संस्थाका प्रतिनिधिहरूले कार्यक्रम अवसरमा अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement