आँखाभरि आँसु लिएर शहीद ब्रिजेश थापालाई हजारौंले दिए अन्तिम श्रद्धाञ्जली

Capt-Brijesh-Thapa

सिलगढी: जम्मु-कश्मीरको डोडामा सेना र आतंककारीबीच भिडन्तमा शहीद भएका क्याप्टेन ब्रिजेश थापालाई आज अन्तिम बिदाइ गरियो। शहीद क्याप्टन ब्रिजेश थापाको अन्तिम संस्कार दार्जीलिङमा सैनिक सम्मानका साथ गरियो। छोरालाई अन्तिम बिदाइ गर्दा शहीदकी आमाको भक्कानो फुट्दा अति नै हृदय विदारक क्षण बनेको थियो, अनि त्यहाँ उपस्थित सबैको आखाँ आँसुले रसिएको रसाएको थियो। अन्तिम विदाईका क्रममा शहीदका आमाबाबुले आफ्नो अति प्रिय छोराको शिरपट्टिको कफिनमा आँसुको धारा बगाउँदै सुम्सुम्याइरहेका थिए। आज बिहान शहीदको पार्थिव शरीर बेङ्डुबी सैनिक क्यान्टोनमेन्टबाट उनको निवास तर्फ ल्याइएको हो। बाटोमा उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मानिसहरुको भीड जम्मा भएको थियो। उनको पार्थिव शरीर जहाँ गए, त्यहाँ मानिसहरूले श्रद्धाञ्जली अर्पण गरे। ब्रिजेश थापा तालिम पूरा गरेर २०१९ मा सेनामा भर्ती भएका थिए। त्यसपछि उनी १० राष्ट्रिय राइफलमा दुई वर्ष तैनाथ भए। परिवारका तेस्रो पुस्ताका सेना अधिकृत क्याप्टन थापा २७ वर्षका थिए, र पाँच वर्षअघि मात्रै भारतीय सेनामा भर्ना भएका थिए। आफू सेनाको १४५ एयर डिफेन्स रेजिमेन्टका र १० राष्ट्रिय राइफल्समा डेपुटेशनमा रहेको मृतक अधिकृतकी आमा निलिमाले बताइन्।

About Author

Advertisement