नयाँ दिल्ली: पेरिस ओलम्पिकको उल्टा गन्ती शुरु भइसकेको छ अनि खेलहरू शुरु हुन अब केही दिन मात्र बाँचेको छ। फ्रान्सले तेस्रोपल्ट यी खेलहरूको आयोजन गर्न गइरहेको छ अनि यसको निम्ति केही विशेष बन्दोबस्त पनि गरिएको छ। ओलम्पिकको उद्घाटन समारोह साधारणत स्टेडियममा हुने गर्छ तर पेरिसमा खेलप्रेमीहरूले अलग दृश्य देख्न पाउनेछन्। सूत्रबाट थाहालागे अनुसार, २६ जुलाईमा हुने ओलम्पिकको उद्घाटन समारोह स्टेडियममा नभएर सीन नदीको किनारमा हुनेछ। भारतले यी खेलहरूमा ११७ सदस्यीय दल पठाउने घोषणा गरेको छ। टोक्योको तुलनामा चाहिँ यसपाली खेलाड़ीहरूका संख्या कम्ती हुनेछ। भारतले टोक्यो ओलम्पिकमा ११९ सदस्यीय दल पठाएको थियो अनि त्यस समय भारतले एउटा स्वर्णसहित जम्मा ७ वटा पदक जितेको थियो। पेरिस ओलम्पिकको उद्घाटन समारोहको शुरुवात बोट परेडको साथ हुनेछ। लगभग ३ घण्टासम्म चल्ने आयोजनमा ३ हजार कलाकारहरूले आफ्नो प्रस्तृति दिनेछन्। खेलाड़ीहरूका सुरक्षालाई ध्यानमा राखेर यसमा सामान्य फेरबदल पनि हुन सक्छ। यस्तो भए उद्घाटन समारोह एफिल टावर अघि हुनेछ तर तय कार्यक्रम अनुसार यसलाई सीन नदीको किनारमै गराउने प्रयास जारी छ। धेरभन्दा धेर दर्शकहरूले ऐतिहासिक क्षणको मजा लिन सकोस् भन्ने कुरालाई ध्यानमा राखेर आयोजकहरूले उद्घाटन समारोह सीन नदीको किनारमा गर्ने फसेला गरेका छन्। सुरक्षा या अन्य कारणहरूले गर्दा सीन नदीको किनार या एफिल टावर अघि सम्भव नभए आयोजकहरूले स्टेड डी फ्रान्समा उद्घाटन समारोह गर्ने पनि विकल्प राखेका छन्।
पेरिस शहरको बीचमा हुने उद्घाटन समारोहमा लगभग ६ लाख मानिसहरू पुग्ने सम्भावना छ। यसमा २ लाखभन्दा अधिकलाई सित्तैमा टिकट बाँड़िनेछ। ओलम्पिकको आधिकारिक प्रसारणकर्तालाई उद्घाटन समारोहलाई मात्र विश्वभरिका १५० करोड़ मानिसहरूले टेलिभिजनमा हेर्ने आशा रहेको छ। साल २०१६-मा रियो ओलम्पिकको दर्शक संख्या ३२० करोड़ रहेको थियो, जुन एउटा रेकर्ड हो। एउटा रिपोर्ट अनुसार, पेरिस खेलहरूका निम्ति १० लाख टिकट उपलब्ध गराइएको छ, जसमा अधिकांश टिकट नै बिक्री भइसकेको छ। उल्लेखनीय छ, कोविड-१९ महामारीले गर्दा टोक्यो २०२०-को निम्ति टिकट उपलब्ध गराइएको थिएन। यसैकारण रियो ओलम्पिकपछि पहिलोपल्ट यी खेलहरूका निम्ति टिकट उपलब्ध भएको छ अनि यसलाई लिएर प्रशंसकहरूबीच व्यापक उत्साह देखिएको छ।
टोक्यो २०२०-को तुलनामा यसपाली ४ वटा नयाँ खेललाई पेरिस ओलम्पिकमा स्थान दिइएको छ। यसमा ब्रेक डान्सले पदार्पण गर्नेछ जबकि स्केटबोर्डिंग, स्पोर्ट क्लाइबिंग र सर्फिंगलाई पनि सामेल गरिएको छ। यसरी भारोत्तोलनबाट ४ वटा इभेण्टलाई हटाइएको छ। भारतको तर्फबाट भारोत्तोलनमा मीराबाई चानूले हिस्सा लिनेछिन्, जसले टोक्यो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। यसरी शूटिंगको हरेक वर्गमा भारतीय खेलाड़ीहरूले हिस्सा लिनेछन्।










