साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी?

IMG-20240718-WA0039

साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ। साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ। साउन महिनामा विवाहित तथा अविवाहित हिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ। महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन। साउन महिना सुरु भएसँगै बजारमा हरियो चुरापोतो र मेहेन्दी लगाउनेको चहलपहल सुरू भइसकेको छ। बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरु श्रृंगार पसलहरुमा भेटिने गरेका छन् । साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउँछन्। श्रीमानको दिर्घायूका लागि र आफूलाई पनि मनपर्ने भएकाले कतिपयले यो महिना हरियो चुरापोते र मेहन्दी लगाउने गरिन्छ। हरियो रंगको महत्व ?ज्योतिष शास्त्रअनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो। हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ। विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो। अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ। बुध ग्रहको असर व्यक्तिको करियर र व्यवसायमा सिधै पर्छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ। भगवान् शिव योगी हुनुहुन्छ। योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ। हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ। त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन्।

About Author

Advertisement