सांसद राजु विष्टद्वारा शहीद कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण

IMG-20240717-WA0253

सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले देश रक्षामा शहीद बनेका गोर्खा सपुत कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेका छन्। सांसद राजु विष्टले शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई बेङ्गडुबीस्थित सेनाको छाउनीमा शहीद कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेका छन्। शहीद ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सांसद राजु विष्टले भने, आज मैले दार्जिलिङ, तराई, डुवर्स लगायत सम्पूर्ण राष्ट्रको जनताको तर्फबाट हाम्रो देशको रक्षा गर्दै आफ्नो सर्वोच्च बलिदान दिनु भएको हाम्रा गोर्खा सपूत कप्तान ब्रिजेश थापा तथा उहाँसँगै शहीद भएका अन्य सपूतहरूलाई आज बेंगडुबी, बागडोगरामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। हाम्रो राष्ट्रले आज यस्ता वीर सपूतहरूलाई गुमाउँदाको पीड़ाका साथै आतङ्कवादीहरू विरुद्ध लड़्दै आफ्नो सर्वस्व होमेका हाम्रा वीरहरूको साहसपूर्ण गाथाप्रति गौरवान्वित पनि अनुभव गरिरहेको छ।”
उनले अघि भने, ‘हामीलाई गर्व छ हाम्रो दार्जिलिङ, तराई, डुवर्सका वीर आमाहरूमाथि जसले देशको रक्षाको निम्ति यस्ता सपूतहरूलाई जन्माउँदै आउनु भएको छ। आजादीदेखि आजसम्म शायदै कुनै वर्ष बित्छ जब हाम्रो क्षेत्रका युवाहरूले आफ्नो मातृभूमि भारतको आन-बान-शानका लागि दुश्मनहरूसँग बहादुरीका साथ लड़्दै आफ्नो प्राणोत्सर्ग गर्दछन्। हाम्रा यस्ता वीर शहीद कप्तान ब्रिजेश थापाका पिता कर्णेल (से.नि.) भुवनेश थापाज्यू अनि उहाँकी जननी नीलिमा थापाज्यु, बहिनी तथा परिवारका सदस्यहरूप्रति हार्दिक नमन् एवं समवेदना व्यक्त गर्दछु। उहाँहरूको यस पीड़ामा आज सम्पूर्ण देश उहाँहरूको साथमा उभिएको छ।’
सांसद राजु विष्टले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन् -‘मलाई विश्वास छ, भारत सरकारले हाम्रा जवानहरूलाई आतङ्कवादीहरू, आतङ्कीहरूलाई शरण दिनेहरू, अनि आतङ्कवादीहरूलाई जन्म दिनेवालाहरूलाई सखाप पार्न खुल्ला छूट दिनेछ र हाम्रा शहीदहरूको रगतलाई व्यर्थ बगेर जान दिने छैन। शहीद कप्तान ब्रिजेश थापा हाम्रो अनि सम्पूर्ण देशको मनमा सदैव अमर रहनुहुनेछ। हार्दिक नमन् एवं श्रद्धाञ्जली अर्पण गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement