भोलि पैतृक थलो दार्जिलिङको गिङ्ग चियाबारी लगिने
सिलगढी: जम्मु कश्मीरको डोडा जिल्लामा आतंककारीसितको लडाईमा देश रक्षामा शहीद बनेका सेनाका अधिकारी कप्तान ब्रिजेस थापाको पार्थिव शरीर आज बागडोगरा हवाई अड्डा भएर बेङ्डुब्बीस्थित सेनाको अस्पतालमा राखिएको छ। बेङ्गडुब्बीमा शहीद ब्रिजेस थापाको पार्थिव शरीरलाई सेनाद्वारा सलामीसहित सम्मान दिइएको छ भने सेनाको अधिकारीहरूद्वारा सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। देशको लागि शहीद भएका गोर्खा सेना कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई आज सिलगढीको बेङ्गडुबीस्थित सेनाको अस्पतालमा आज राखेर भोलि उनको पैतृक गाउँ दार्जिलिङको बड़ा गिङ्ग कमान लगिने जानकारी प्राप्त भएको छ।

आज शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई आज सेनाको अस्पतालमा नै राखिएको र भोलि बिहीबार दार्जिलिङको गिङ्ग चियाबारीमा सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ।








