गोरुबथान बक्सिङ क्लबका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

IMG-20240717-WA0033

गोरुबथान:: ९औँ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनसिप फर स्टेट सेक्सन २०२४ को आयोजना अम्याच्युर बक्सिङ एसोसिएसन कालिम्पोङले गत १३ जुलाईको दिन गरेको थियो।गोरुबथान बक्सिङ क्लबबाट १३ जना खेलाडीहरुले यस प्रतियोगितामा अंशग्रहण गरेका थिए। कालिम्पोङ शहरको मल्टी प्रपोज इन्डोर हल नोभल्टीमा यो प्रतियोगिता सम्पन्न भएको थियो।गोरुबथान बक्सिङ क्लबबाट करुणा राईले स्वर्ण पदक तथा जुनियर क्याटोगरीमा बेस्ट बक्सरको उपाधि पनि हत्याउन सफल बनेकी छिन्। सिनियर क्याटोगरीमा गोरुबथानकै प्रनिशा राईले स्वर्ण पदक र बेस्ट बक्सरको उपाधी हासिल गरेकी छिन्।यसै गरी उदय राई र नितेन लामाले पनि स्वर्ण पदक जितेको छ।यसै गरी तुषार भौमिक, प्रिस्टान लामा असिसना थापा, सूर्य राई, अर्पित राई, सेलिसटाना दर्जीले रजत पदक प्राप्त गरे भने प्राची राई, आदर्श नायक, रौनक थापाले कास्य पदक हत्याउन सफल बनेका छन्।

स्टेट सेलेक्सनमा जुनियर क्याटोगरीबाट करुणा राई र तुषार भौमिक चयनित भएका छन्। गोरुबथान बक्सिङ क्लबका कोच सचिन राई, अफिसियल लतिका खालिङ र टिम म्यानेजर पवन राई गएका थिए।

About Author

Advertisement