खरसाङमा धार्मिक रैलीको साथमा मुस्लिम समुदायद्वारा मोहरम पर्व पालन

IMG-20240717-WA0246

खरसाङ: खरसाङमा मुस्लिम समुदायद्वारा मोहरम पर्व भव्यताको साथमा पालन गरिएको छ। अञ्जुमिया इस्लामियाक तत्वावधानमा मोहरम आयोजक उप समितिको आयोजनामा खरसाङमा मोहरम पर्व धार्मिक रैलीको साथमा पालन गरिएको छ। मोहरमको अवसरमा खरसाङ बजारमा दशौं प्रोसेसन निकालिएको छ। मोहरम गत ७ जुलाईदेखि शुरु भएर आज १७ जुलाईको दिन दशौंको प्रोसेसनसहित मोहरम पालन गरिएको जानकारी प्राप्त भएको छ। खरसाङमा मोहरमको प्रोसेसन १४०औं वर्ष पुगेको र यस अवसरमा मुस्लिम समुदायद्वारा सिफट निकालिएको छ जुन विश्वभरिका केवल दुई स्थान खरसाङमा र लखनऊको इमाम बढ़ामा मात्र निकालिने गरिएको जानकारी प्राप्त भएको छ। यसलाई बनाउन १५ दिन लाग्ने साथै मोहरमको अवसरमा इमाम बढ़ामा पूजा हुने जुन सबैभन्दा ठूलो पूजा रहेको बताइएको छ। खरसाङमा मोहरम पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मोहरम आयोजक उप समितिको सचिव कयस अन्सारीले खरसाङमा सन् १८८४ मा स्थापना भएको अञ्जुमिया इस्लामियाको तत्वावधानमा मोहरम आयोजक समितिको आयोजनामा मोहरम पालन गरिएको र यस अवसरमा खरसाङमा दशौम प्रोसेसन निकालिएको अनि यस अवसरमा सिफट निकालिने दिन दार्जीलिङ क्षेत्रको लागि नै गर्वको विषय रहेको बताएका छन्। उनले खरसाङमा मोहरम शान्तिपूर्ण ढंगमा र उत्साहपूर्णक पालन गरिएको र मोहरम आयोजनाको लागि पुलिस प्रशासन, नगरपालिका प्रशासन र व्यवसायिक संगठन खरसाङप्रति आभार प्रकट गरेका छन्। सचिव कयस अन्सारीले बताए अनुसार मोहरमको अवसरमा निकालिएको सिफट फतेह सकेर यसलाई दफनाउने कार्य गरिनेछ।

About Author

Advertisement