भाजपा सिक्किम प्रदेश अध्यक्ष र पूर्व विधायकले गरे केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री सॅंग भेट

n62235782217211494323603dc18b644c13967cb75164b67ff1753664a91f74a68c4d8a7bdede3f14070296

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र पूर्व विधायक एनके सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसॅंग भेट गरे।

प्रदेश अध्यक्ष थापाले रिजिजुलाई उनको नयॉं भूमिकाको निम्ति बधाई दिॅंदै उनको निरन्तर समर्पण र नेतृत्वको सराहना गरे।

यस भेट अवधि सिक्किमसित सम्बन्धित विभिन्न राजनीतिक मुद्दा र संगठनात्मक विषयहरूमाथि चर्चा भएको बताइएको छ। सिक्किममा पार्टीको उपस्थितिलाई सुदृढ गर्ने र राज्यका महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्ने तरिकाहरू खोज्दै विचारहरूको उत्पादक आदान-प्रदानमा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement