नाम्चीमा पारम्परिक राँके मेला पालन

IMG-20240716-WA0254

नाम्ची: दुई दिवसीय पारम्परिक राँके मेला आजदेखि नाम्चको किसान बजारमा आरम्भ भयो। उद्घाटन समारोहमा सिक्किम सरकारका शहरी विका मन्त्री भोजराज राई मुख्य अतिथि रहेका थिए। यसरी नै जूम सालघारीका विधायक मदन सेञ्चुरी र बर्फुङ्गका विधायक रिक्सेल दोर्जी भोटिया विशिष्ट अतिथि रहेका थिए। उल्लेखनीय छ, नाम्चीमा पछिल्ला धेरै वर्षदेखि निरन्तर राँके मेला आयोजना गरिँदै आएको छ। परम्पराअनुसार यस मेलामा रातिको समय राँके भुतको दोहन गरिन्छ जुन राँके भूत फसलको निम्ति नोक्सानदायक रहेको लोक विश्वास रहेको छ। यसपल्ट नाम्ची जिल्ला प्रशासनसितको सहकार्यमा राँके मेला आयोजक समितिले दुई दिवसीय कार्यक्रमको रुपमा यो मेला आयोजना गरेको छ।

नाम्चीको राँके मेलामा प्रत्येक वर्ष विविध सांस्कृतिक कार्यक्रमहरूको साथमा विभिन्न गाउँले खेलकुद आयोजना गरिन्छ। यसै क्रममा आज पनि धेरैवटा गाउँले खेलकुदको आयोजना गरिएको थियो। यसरी नै भोलि पनि विभिन्न कार्यक्रम रहेको आयोजक पक्षले जानकारी गराएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोजराज राईले नाम्चीको राँके मेलाको परम्परालाई निरन्तर राख्न राज्य सरकारबाट सहयोग प्रदान गरेकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङ प्रति आभार व्यक्त गरे। भोली दोस्रो दिनको कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा मुख्य अतिथि रहनेछिन्।

About Author

Advertisement