मियामी गार्डन्स: कोलम्बिया फूटबल महासंघका अध्यक्ष र उनको छोरासहित २७ जनालाई अर्जेण्टिना र कोलम्बियाबीच कोपा अमेरिका फाइनलमा भीड़हरूलाई नियन्त्रणमा ल्याउने कोशिशमा पक्राउ गरियो। स्थानीय पुलिस अधिकारी आन्द्रे मार्टिनले बताएअनुसार, हार्ड रक स्टेडियममा भएको फाइनलको अवधि दर्शकहरूले उपद्रो गर्न थाले। त्यही उपद्रवलाई सम्हाल्ने प्रयासहरूबीच कोलम्बिया फूटबल महासंघका अध्यक्ष रेमन जेसुरन र उनका छोरा रेमन जमील जेसुरनलाई पक्राउ गरियो। यी दुईजनाले सुरक्षाकर्मीहरूसँग झगड़ा गर्नको साथै एकजना अधिकारीमाथि हमला पनि गरेका थिए। यी दुईजनाले एउटा सुरुंगको माध्यमले मैदानमा प्रवेश गर्ने प्रयास गरेका थिए जहाँ म्याचपछि मीडियाका अधिकारीहरू भेला भएका थिए। सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गर्दा यी दुईले झगड़ा शुरु गरेर सुरक्षाकर्मीलाई हिर्काएका पनि थिए। कोलम्बिया फूटबल महासंघले यस मामिलामा कुनै प्रतिक्रिया दिएको छैन। रेमन २०१५-देखि कोलम्बिया फूटबल महासंघका अध्यक्ष हुन् अनि कोपा अमेरिका टुर्नामेण्ट आयोजन गर्ने दक्षिण अमेरिकी फूटबल महासंघका उपाध्यक्ष पनि हुन्। उल्लेखनीय छ, फाइनलको अवधि धेरैजना दर्शकहरूले टिकट बिना स्टेडियममा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसलाई रोक्न पुलिस प्रशासनले निक्कै मेहनत गर्नु परेको थियो। यसैकारण फाइनल म्याच लगभग १ घण्टा ढिलो शुरु भएको थियो।









