गान्तोक: सोरेङ जिल्लाको राममाग चेकपोस्टमा २६ वर्षीय अनिल थापा नामक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थसहित पुलिसले हिजो पक्राउ गरेको छ। चेकपोस्टमा खटिएका पुलिसकर्मीले दैनिकरूपमा वाहन जाँच गर्ने क्रममा सिलगढीदेखि पेलिङ-गेजिङ तर्फ आइरहेको यात्रु वाहनबाट उनलाई पक्राउ गरेको हो। आरोपी पेदोङ दार्जिलिङका डुका बस्ती, कागे खासमल निवासी रहेको पुलिसले जानकारी दिएको छ। जाँचको क्रममा आरोपीबाट पुलिसले ६३७ वटा विन्सपास्मो फोर्ट लगायतअन्य सामग्री जफ्त गरेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।









