रामायण पाठ प्रतियोगितामा दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय प्रथम

IMG-20240716-WA0247

सोनादा: आदि कवि भानुभक्त आचार्यकाे २११औं जन्म जयन्तीकाे सु-अवसरमा खरसाङको गोर्खा जन पुस्तकालयमा आयाेजित गरिएकाे अन्तर विद्यालय रामायण पाठ प्रतियोगितामा दिलरामको सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयले उत्कृष्ट प्रस्तुति दिन्दै रामायण पाठमा प्रथम स्थान ओगटेका थिए। उक्त रामायण पाठ प्रतियोगितामा प्रथम भएर पुरस्कारसहित नगदराशि १०,००० रूपियाँ प्राप्त गरेका छन् भने त्यसरी नै कविता वाचनमा दाेस्राे स्थान ओगटी पुरस्कारसहित नगदराशि ३,००० प्राप्त गर्न सफल भएका छन्। यसको साथै विद्यालयका प्रधान अध्यापक अनिल शर्माले विद्यालयलाई गर्व तुल्याएकाेमा नानीहरूलाई तयारी गर्ने नेपाली विभागका शिक्षिकाहरू क्रमैले सुधा राई, उजाला प्रधान अनि शिला सुब्बा साथै प्रतियोगितामा भाग लिने विद्यार्थीहरू लगायत सम्पूर्ण सन्त जेभियर्स परिवारलाई बधाई दिन्दै गर्व महसुस गरेका छन्।

About Author

Advertisement