मणिपुरमा अपहरणमा परेका व्यक्ति सुरक्षाकर्मीले गर्यो उद्धार

Untitled-1-copy-2

इम्फाल: मणिपुर सुरक्षा बलले अपहरणमा परेका एक व्यक्तिलाई उद्धार गरेको छl प्रतिबन्धित कांगलेपाक कम्युनिष्ट पार्टी (नोन्ड्रेनखोम्बा) गुटका पाँच सदस्यहरूलाई १५ जुलाईमा पक्राउ गरेको छ। उक्त कारबाही खोङजोम पुलिस चौकीअन्तर्गतको खोङजोम टेकचम माखामा भएको हो। पक्राउ पर्नेमा २३ वर्षीय कोन्सम रोहित सिंह, २४ वर्षीय याङ्लेम विकास मितेई, २७ वर्षीय थाङ्जाम चनबा सिंह, ३७ वर्षीय मोइराङ्थेम आनन्द सिंह र २८ वर्षीय केशम नेल्सन सिंह रहेका छन्। कारबाहीका क्रममा सुरक्षाकर्मीले संदिग्धहरूबाट चार नाइन एमएमको पेस्तोल दश राउण्डसहित, थप आठ राउण्ड खरखजाना, १२ बोरको लाइभ राउण्ड, एउटा चार चक्के सवारीसाधन र सात वटा मोबाइल बरामद गरेका छन्।

About Author

Advertisement