नाम्ची: नाम्चीमा आज गुरु रिम्पोछे ठ्रुङ्कर सेछु भक्तिभावका साथ भव्यरूपमा पालन गरियो। समारोहको शुभारम्भ शेरडुप छोलिङ गुम्पाबाट कार ऱ्यालीका साथ शुरू गरियो जुन नाम्ची बजार हुॅंदै साम्ड्रप्चे पुगेर समाप्त भयो।
शेरडुप छोलिङ गुम्पा, नादक थुप्टेन शेडुप धार्गे छोलिङ गुम्पा, नामड्रोलिङ गुम्पा र साम्ड्रुप्चेका लामाहरूले प्रार्थना साथै धार्मिक अनुष्ठानहरू सम्पन्न गरे। यस अवसरमा धेरै संख्यामा धर्मावलम्बीहरू उपस्थित थिए।
गुरु रिम्पोछेको जन्मदिवस मनाउन धर्मावलम्बीहरूले केक काटे। यसैगरी, उनीहरूले सम्पूर्ण संवेदनशील प्राणीहरूको शान्ति, समृद्धि र खुशीको निम्ति पूजा-अर्चना गरे।









