खरसाङ: खरसाङमा गुरु पद्यमा सम्भवको जन्म जयन्ती धार्मिक रैली र पूजा अर्चनाको साथमा पालन गरिएको छ। विशेष गरेर खरसाङको रिभरभ्यु क्षेत्रमा रहेको साङ्गा छोकोरलिङ गुम्बामा गुरु पद्यमा सम्भवको जन्म जयन्ती पालन गरिएको छ। उक्त गुम्बामा गत ७ जुलाईदेखि शुरु भएको पूजा आज १६ जुलाईसम्म चलेर समापन गरिएको छ। उक्त पूजा आज गुरु पद्यमा सम्भवको जन्म जयन्तीको अवसरमा खरसाङमा एक आजको दिन धार्मिक रैलीको साथमा पूजा अर्चना गरी गुरु पद्यमा सम्भवको जन्म जयन्ती पालन गरिएको जानकारी गुम्बाको लामा डुपला ढेण्डुपले जानकारी दिएका छन्।

उनले जानकारी गराए अनुसार आजको दिन गुरु पद्यमा सम्भवको जन्म जयन्तीको अवसरमा पूजा अर्चना गरिएको र आजको दिनलाई ‘थुङ्कर छेसु’ भन्ने गरिएको र यसको अर्थ गुरु पद्यमा सम्भव मानिसको कोखबाट नजन्मेर उनी प्राकृतिक रूपमा जन्म लिएको बताएका छन्।