बालिकालाई सामुहिक दुष्कर्म गरेको आरोपमा प्रेमीसहित ७ जना साथी पक्राउ

Rape-Representative-image

जलपाईगढी: डुवर्सको मटेली थाना क्षेत्रमा एक नाबालिग बालिकाको सामूहिक दुष्कर्मको घटना बाहिरको आएको छl यो खबर बाहिर आएपछि प्रेमी र उनका ६ जना साथीहरूले सामूहिक दुष्कर्म गरेको आरोप लागेको छ। यति मात्र होइन दुष्कर्मको क्रममा भिडियो रेकर्डिङ पनि गरिएको थियो। सात जनाले एक बालिकालाई दुष्कर्म गरेको भिडियो भाइरल भएको छ। हिजो बालिकाकी परिवारले मटेली पुलिस चौकीमा उजुरी दिएका थिए। उल्लेखनीय छ, स्थानीय स्रोतका अनुसार पक्राउ परेका सबै साथीहरू हुन्। उजुरीको आधारमा मटेली थानाको पुलिसले हिजो राति जलपाईगढी र अलिपुरद्वार जिल्लामा छापा मारेर सातै आरोपीहरूलाई पक्राउ गर्‍यो। उजुरीका आधारमा बालिकालाई जबरजस्ती दुष्कर्म गरेको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला पुलिस उपरीक्षक खण्डबहाले उमेश गणपतले बताए। अलिपुरद्वारको जटेश्वर इलाका शामुकतलामा छापा मारेर सात आरोपी पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई आज अदालतमा पेश गरिएको छ।

About Author

Advertisement