जम्मू-कश्मीरको डोडी जिल्लामा आतङ्कवादीसँगको लडाइँमा दार्जीलिङका छोरा क्याप्टन व्रिजेश थापा बने शहीद

IMG-20240716-WA0152

दार्जिलिङ: जम्मू-कश्मीरमा आतङ्कवादीसँगको लडाइँमा दार्जीलिङका वीर छोरा क्याप्टन व्रिजेश थापा शहीद बनेका छन्। हिजो राति जम्मू-कश्मीरको डोडा जिल्लाको देसा फरेस्टमा आतङ्कवादीसँग भिडन्त हुँदा क्याप्टन थापासहित अन्य चार जना जवान शहीद भएका हुन्। २७ वर्षीय क्याप्टन व्रिजेश थापा दार्जीलिङको बडा गिङ बजार निवासी हुन्। पारिवारिक स्रोतका अनुसार व्रिजेश थापा २०१९ मा कमिशन परीक्षा उत्तीर्ण गरी सेनामा भर्ना भएका थिए। १४५ एयर डिफेन्समा कार्यरत थापा भने दुई वर्षका लागि १० राष्ट्रिय राइफल्समा एक्स्ट्रा रेजिमेन्टल ड्युटीमा खटिएका थिए। सेनाका यी वीर अधिकारी शहीद बनेको खबर फैलिनसाथ दार्जीलिङ पहाडमा शोकको लहर छाएको छ। क्याप्टन शहीद व्रिजेश थापाका बाबु भुवनेश कुमार थापा पनि सेनाका अधिकारी नै हुन्। उनी सेनाको कर्णल पदबाट सेवानिवृत्त भएका हुन्। शहीद थापाको पार्थिव शरीर भोलि दार्जीलिङ ल्याइपुऱ्याइने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement