खरसाङ: एक समय खरसाङका चर्चित फूटबल खेलाड़ी तथा वर्तमान खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतका उप प्रधान सन्तोष लामाले आफ्नो निजी खर्चमा स्थानीय बाल खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन दिँदै फुटबल खेलको जर्सीहरू वितरण गरिरहेका छन्। उनले विशेष गरी नानीहरूमा खेलप्रति उत्साह बढ़ोस् औ उनीहरू कुलत र कुसंगतमा नपरोस् भन्न हेतु आफ्नो निजी खर्चमा ती नानीहरूलाई फुटबल खेल्दा लगाउने जर्सीहरू वितरण गरिरहेका छन्। उनले यहाँका धेरै नानीहरूलाई जर्सी वितरण गरिसकेका छन्। यस सन्दर्भमा लामाले जनाए अनुसार आफू एकजना खेलाड़ी भएको नाताले पनि यहाँका नानीहरू पनि खेलप्रति रुचि राखून औ खेलको क्षेत्रको धेरै अगाड़ी बढ्न् भन्ने तिनको चाहना रहेकोले अरु केही नसके पनि कम्तीमा नानीहरूलाई फूटबल खेल्दा अथवा प्याक्टिस गर्दा लगाउने जर्सी लगायत अन्य सामाग्रीहरू दिने गरेका छन्। यो तिनको खेलाड़ी नानीहरूलाई एउटा सानो सहयोगसँगै खेलप्रति तिनीहरूको रुचि बढ़ोस् भन्न हेतु प्रेरणा र प्रोत्साहन हो भनी जनाए।










