झापा: बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं-२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन्। गत साता राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यही दिनदेखि बेपत्ता भएका हुन्।
डुडुवा गाउँपालिका वडा नं-२ को चौफेरीमा नदीबाट संकलन गरिएको दाउरा ट्याक्टरमा लोड गराउन घरबाट रातीको ८ बजे उनी गएका थिए। परिवारका अनुसार उनी घर फिर्ता आएका छैनन्। एक साता अघि राप्ती नदीमा बाढी आएको थियो। बाढीमा काठ दाउरा बगेर आउँछ।
स्थानीयहरु त्यस्तो समयमा दाउरा संकलन गर्छन्। संकलित दाउरा स्थानीय शिव प्रसाद मालीको ट्याक्टरमा लोड गर्न उनी घरबाट निस्किएको बुबा राम जियावन केवटले जानकारी दिए।
तर छोरा घर फर्किएको छैन। परिवारले छोरा बेपत्ता भएको निवेदन प्रहरी कार्यालयमा दिएको छ। छोरो बेपत्ता भएपछि परिवार चिन्तामा छन्।









