कपिबस्तुमा बच्चा हुर्काउँदै आगन्तुक चरा

IMG-20240714-WA0264

झापा: कपिलबस्तुमा यस समय राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ। राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ। भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन्। चुच्चाको सहायताले बचेरालाई खुवाउँछन्।स्वर्गचरी (इन्डियन प्याराडाइज फ्लाइक्याचर) ले गुँडबाट बचेरा उडाइसकेको छ। दक्षिण भारत तथा श्रीलङ्काबाट आउने यहाँका जिल्लामा पहिलो पटक यी चराले प्रजनन गरेको देखिएको छ। राजचरी र स्वर्गचरीजस्तै ५ दर्जन बढी आगन्तुक चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन्। ती चराहरू अहिले बचेरा हुर्काउन व्यस्त छन्। वसन्त ऋतु आगमनबाट चराहरूमा प्रजननको सिजन सुरु हुन्छ। फरबरीदेखि बसाइ सराइ गर्छन्।यी चरालाई समर भिजिट वर्ड भनेर चिनिने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउछन ।‘तीनदेखि चार महिना बिचको समयमा नेपाल बस्छन्। त्यो समयमा गुँड बनाउने, अण्डा पार्ने र कोरल्नेदेखि बचेरा हुर्काएर फर्किने गर्छन्। वर्षायाम सकिएसँगै उनीहरू आफ्नो ठाउँ पुग्छन्। यी चराहरू वनमा आश्रित हुन्छन्। नदीको आसपास, रुखमा कपजस्तो आकारमा गुँड लगाउँछन्’ डा. बरालले बताए। प्रजननका लागि नेपालमा ६० बढी प्रजातिका आगन्तुक चरा आउँछन्। अस्ट्रेलिया, दक्षिण भारतदेखि दक्षिण–पूर्वी एसियाका मलेसिया, म्यानमार, थाइल्यान्ड, लाओस् इन्डोनेसिया लगायतका देशबाट चराहरू आउने गरेका छन्। स्वर्गचरी, राजचरी वाहेक जुर्रे कोइली, लाल चुच्चे ठेउवा, गौँथली, कटुस टाउके मुरली, पानी गौँथलीलगायत थुप्रै साना जिउ हुने चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन्।

कोइलीको एक दर्जन बढी नेपाल आउँछन्, जसमा जुर्रे कोइली अफ्रिकाको सबसहारन क्षेत्र र सेतो कण्ठे गौँथली अस्ट्रेलियाबाट नेपाल आउँछन्। कृषिक्षेत्र आसपास गुँड लगाउने वरिष्ठ पन्छी विज्ञ कृष्णप्रसाद भुसालले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement