२१०औं भानु जयन्ती पालन

IMG-20240714-WA0100(1)

गोरुबथान: माइपाते “जीवन ज्योती क्लब” अनि माइपाते “थापसङ गैर-सरकारी संस्था” को संयुक्त आयोजनमा २१०औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरियो। अडी बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथीजो रुपम साहित्यकार गजेन्द्र घायल लोहरूङ आसिन थिए।अन्य अतिथीहरूमा मनोज राई उपप्रधान गोरुबथान २ ग्राम पंचायत, सरिता शेर्पा ग्राम पंचायत सदस्य, लोवर कुवापानीबाट प्रकाश चन्द्र राई, साजन राई, कुवापानी बिट असिसर पूर्ण तामङ, धन कुमार गुरूङ उपस्थित रहेका थिए। सभाध्यक्ष अनि अतिथगणबाट दीप प्रज्वलन गरी शुरू गरेका कार्यक्रममा दिपीका सुब्बाले भानुभक्त आचार्यको जीवनी छोटकरीमा प्रकाश पारे। बिकाश चामलिङ द्वारा सञ्चालन गरेको यस कार्यक्रममा मसिना नानीहरू क्रमस प्रणिता गिरी, रेष्मा गिरी अनी परी गिरीले एकल नृत्य प्रस्तुत गरेर उपस्थित गाऊलेहरू लाई मनोरंञ्न गराए। रेपर अनमोल अनि रजल गिरीले गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाए साथै प्रतिक गिरीले कविता बाचन गरे। मनोज राई, सरिता शेर्पा, प्रकाश राई अनी साजन राईले आफ्नो सम्बोधनमा हामीले आफ्नो साहित्य भाषालाई माया गरेर यसलाई जोगाएर लानु पर्ने सबैको दायित्व रहेको मन्तव्य राखे। प्रमुख अतिथी गजेन्द्र लोहरुङले यसरी सबैले कार्यक्रम गरेर लैजानु पर्ने आऊने पिँढीलाई साहित्य भाषाको संरक्षण गरेर लैजाने जिम्मेवार बोध गराउनु पर्ने बिषयमा आफ्नो मत प्रकट गरे। धेरै संख्यामा गाऊलेहरूको उपस्थित रहेका थिएक। आजको यो भानु जयन्ती कार्यक्रममालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने माइपाते गाऊका सुम्निमा, ग्रेस अनि उपाहर स्वनिर्भर समूहलाई आयोजक समितिद्वारा धन्यवाद टक्राए।

About Author

Advertisement