मिरिक: छिमेकी राष्ट्र नेपालको इलामबाट प्रदान गरिने “जसुदा स्मृति पुरस्कार” आदिकवि भानुभक्तको २११ओैं जन्म जयन्तीको अवसरमा दार्जीलिङ मिरिकका साहित्यकार विजय बान्तावा कैलाशीलाई प्रदान गरिएको छ।इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानकाे आयाेजनामा इलाममा आयाेजित एक साहित्यक कार्यक्रममाझ उक्त पुरस्कार विजय बान्तवालाई प्रदान गरिएको छ। उक्त पुरस्कारको रूपमा अङ्ग वस्त्र, सम्मान पत्र साथै तेह्र हजार रूपियाँ आयाेजक समितिले बान्तवालाई प्रदान गरेका छन्।
मिरिकमा बसेर सक्रिय रूपमा साहित्य लेख्दै आइरहेका साहित्यकार बिजय बान्तवा कैलाशीले हालसम्म रिसाह भुँइ(कविता संग्रह), क्षितिज खोज्दै(नियात्रा संग्रह), जूनको हत्या(कथा संग्रह), भ्रमित(उपन्यास),
मित्याङ्सा(आख्यान), उत्ताल(आख्यान) लगायतका कृतिहरू प्रकाशित गरिसकेका छन्। उक्त पुरस्कार प्रत्येक वर्ष इलामकी चेली कवि तथा पत्रकार जसुदा प्रधानको स्मृतिमा उनकाे पति वरिष्ठ पत्रकार पुष्पराज प्रधान तथा परिवारले प्रदान गर्ने गरेका छन्। कार्यक्रममा पुरस्कार अनि विजय वान्तवाकाे जीवनीबारे इलामका कवि एंव साहित्य कला संगीत प्रतिष्ठानका सल्लाहकार विमल वैधले जानकारी गराएका थिए। प्रतिष्ठानकाे अध्यक्ष प्रकाश थामसुहाङकाे अध्यक्षता अनि प्रतिष्ठानकाे सचिव जयनारायण भट्टराईकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रमका विशिष्ट अतिथिहरूमा इलाम नगरपालिकाकाे उप प्रमुख बिष्णुकुमारी लिम्बु दहाल, वडा अध्यक्षहरू नरेश श्रेष्ठ, गायत्री बस्नेत, देवीप्रसाद गाैतम, डाक्टर देवी छेत्री आदि उपस्थित थिए।कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको को जीवनी अनि याेगदानबारे केशबहादुर राईले विस्तृत जानकारी गराएकाे कार्यक्रममा कविहरूले कविताहरू पाठ पनि गरेका थिए।