नक्सलबारीमा रक्तदान शिविरको आयोजना

107317099_blooddonor976.jpg.webp

नक्सलबारी: आज नक्सलबारी वी केयर फाउन्डेसन तथा बाबुपाडा स्पोर्टिङ क्लबको संयुक्त पहलमा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविर भारत स्वतन्त्र भएको ७५औँ वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको थियो। उत्तरबंग मेडिकल कलेजको ब्लड ब्याङ्कको सहयोगितामा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। फाउन्डेसनका सचिव मोहम्मद जाकिरले बताए अनुसार स्वाधीनताको ७५औँ वर्ष पुरा भएको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको हो। भोलि १५ अगस्तको दिन भारतको झण्डा उत्तोलन गर्नको साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *