राकेश झुनझुनवालाको निधनमा प्रधानमन्त्रीद्वारा शोक प्रकट  

फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिग्गज शेयर बजार निवेशक राकेश झुनझुनवालाको निधनमा शोक प्रकट गरेका छन्। झुनझुनवालाको मुम्बईमा ६२ वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री मोदीले राकेश झुनझुनवालासॅंग भेट गरेको आफ्नो पुरानो फोटो साझा गर्दै ट्वीट गरेका छन्। उनले ट्वीट सन्देशमा भनेका छन्, ‘राकेश झुनझुनवाला अदम्य थिए। जीवनले भरिपूर्ण, हास्य-विनोदपूर्ण र व्यावहारिक, उनले आफुपछि वित्तीय संसारमा एक अमेट योगदान छाड़ेर गएका छन्। उनी भारतको प्रगतिप्रति निकै भावुक थिए। उनका परिवार र प्रशंसकहरूप्रति मेरो समवेदनाl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement