‘मेरो बाटो मेरो बोट’को लोगो अनावरण

n6213351311720548408148cb2a656afd013dd5e4aa0ee9a68793a10f074536f6bebad565b75aa9cb52e667

गान्तोक: सिक्किम सरकारको वन विभागको पहलमा आज राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा सिक्किम पर्यावरण पर्व आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्रीसहित सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण अनि विभिन्न अधिकारीगण, विभिन्न गैर सरकारी संगठनका सदस्यगण अनि जनसाधारणहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलिबाट वन विभागद्वारा तयार गरिएको सिटिजन चार्टरको उद्घाटन गऱ्यो। यो चार्टर अन्तर्गत वन विभागबाट जनतालाई प्राप्त हुने सेवाहरू घर आँगनमा नै पुऱ्याउने व्यवस्था गरिने बताइएको छ। योसँगै द ग्रीन स्टेट अफ् सिक्किम थीममा तयार गरिएको विशेष पोस्टल कभरको पनि अनावरण गरियो। यसरी नै मुख्यमन्त्री तामाङले सिक्किम सरकारको वन विभाग अनि सड़क विभागद्वारा संयुक्त रुपमा थालिने अभियान मेरो बाटो मेरो बोटको लोगो अनावरण गरे, जस अभियान अन्तर्गत राज्यका विभिन्न सड़कहरूमा फूल अनि फलहरूको विरूवा रोपिनेछ।

त्यसरी नै आजको कार्यक्रममा मुख्यमन्त्री तामाङको बाहुलीबाट विभिन्न पाठशालाहरूलाई चीफ मिनिस्टर ग्रीन स्कूल रोलिङ ट्रफी अनि स्टेट ग्रीन स्कूल अवार्ड पनि प्रदान गरियो। मेरो रूख मेरो सन्तति कार्यक्रममा सक्रियतापूर्वक सहभागिताको निम्ति मंगन जिल्लाको तिङ्बोङ जीपीयूका आशा कर्मी याङ्जे भोटियालाई उत्कृष्ट आशा कर्मी पुरस्कारले सम्मान जनाइयो।

यसरी आज माई चाइल्ड फ्रम वाइल्ड कार्यक्रमको पनि शुरूवात गरियो। यस कार्यक्रम अन्तर्गत एकजनाले आफ्नो नानीको नाममा एउटा वन्य जन्तुलाई काख लिनुपर्नेछ। यस अन्तर्गत आज फिल्म निर्माता स्यामाश्री शेर्पाले पाण्डालाई गोद लिँदै सिक्किम हिमालयन जुलोजिकल पार्कको व्यवस्थालाई चेक प्रदान गरे भने पावर ग्रीड कर्पोरेशन अफ् इण्डियाले पाँच लाख अनि सिप्ला फार्माश्युटिकल लिमिटेडले दुई लाख प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पर्यावरणको संरक्षण केवल वन विभागको मात्र जिम्मेवारी नभएर यो प्रत्येक जनताको जिम्मैवारी रहेको बताए। पर्यावरण संरक्षणको क्षेत्रमा जनसहभागिताको निम्ति नै सिक्किम सरकारले मेरो रुख मेरो सन्तति कार्यक्रमको थालनी गरेको बताए।

योसँगै अब देशको प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणा अनुरुप केन्द्रले शुरु गरेको एक पेड़ मा के नाम अन्तर्गत सबैलाई अब सिक्किममा आफ्नो आमाको नाममा एउटा विरूवा रोप्न पनि आग्रह गरे। केवल रुख मात्र नरोपेर आमाको माया अनि योगदनाको सम्मानस्वरुप त्यो रोपिएको पौदाको संरक्षण गर्नु पर्ने पनि आग्रह गरे। यो भन्दा अघि पनि राज्यमा वन विभाग गैर सरकारी संगठनहरूको लाखौंको संख्यामा बिरुवा रोपे पनि संरक्षणको कमीले त्यो मासिएर गएको हुँदा अब भने केवल विरुवा मात्र नरोपेर संरक्षणको क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने पनि मुख्यमन्त्री तामाङले जोड़ दिए।

योसँगै आज शुभारम्भ गरिएको मेरो बाटो मेरो बोट बारे बोल्दै मुख्यमन्त्री तामाङले अब वन विभागले राज्यको विभिन्न सड़कहरूलाई चिन्हित गरेर फूल हुने ठाउँमा फूलको विरुवा रोप्ने अनि फल हुने ठाउँहरूको फलको विरूवा लाउने अनि त्यसको संरक्षणको जिम्मेवारी सड़क विभागले लिने बताए। त्यो सड़कमा काम गर्ने सबै मजदुरहरूले त्यो फल-फूलको बोटहरूको संरक्षणमा कार्य गर्ने जिम्मेवारी दिँदै जुन सड़कको मजदुरहरूको प्रदर्शन सर्वोत्कृष्ट हुनेछ त्यो सड़कको प्रत्येक मजदुरलाई ५०५० हजार नगद राशि पुरस्कारको रुपमा प्रदान गर्ने घोषणा गरे।

अब राज्यलाई पर्यावरणको क्षेत्रमा पनि आकर्षक केन्द्र बनाउनुको निम्ति सरकारले पर्यावरण संरक्षणको क्षेत्रमा विभिन्न पहलहरू शुरु गरेको उनले बताए। मेरो बाटो मेरो बोट कार्यक्रमले आगामी केही वर्षमा देशको मात्र नभएर विश्वको नै पर्यटकहरूको चयनीत पर्यटकीय केन्द्र हुने विश्वास व्यक्त गरे। अब सिक्किम राज्यले पर्यावरण संरक्षणको क्षेत्रमा क्रान्ति शुरु गर्ने उनले थप घोषणा गर्दै ग्रामीण क्षेत्रमा रहेका बाँझो जमीनहरूलाई केही न केही रोप्ने मुख्यमन्त्री तामाङले सबैलाई आग्रह गरे।

पहिलो कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारलाई वन जंगल नाश गरेको अनेकौं आरोप लगाए पनि तथ्यहरूले २ प्रतिशत वन वृद्धि भएको पुष्टि गरेको उनले बताए। जसरी वन विभागले जनतालाई विभिन्न सेवाहरूको घर दैलोमानै उपलब्ध गराउनको निम्ति सिटिजन चार्टर प्रकाशन गरेर यो सेवा थालनी गरेको छ त्यसरीनै सबै विभागहरूले पहल गरेर ती विभागहरूबाट प्राप्त हुने सबै सेवाहरू जनतालाई घरमानै पुऱ्याउनको निम्ति पहल गर्ने आग्रह गरे। सबै सरकारी कर्मचारीहरूले जनताप्रति समर्पित भएर काम गरे सिक्किम राज्य देशको नै अब्बल राज्य बन्ने कुरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement