उर्जा मन्त्रीहरूको सम्मेलनमा विधायक खरेल बने सहभागी

IMG-20240709-WA0231

गुवाहाटी: विधायक तथा उर्जा विभागका सल्लाहकार सञ्जीत खरेल आज मुख्यमन्त्री प्रेमसिंह तामाङको पक्षमा गुवाहाटीमा आयोजित उर्जा मन्त्रीहरूको सम्मेलन (उत्तर पूर्व क्षेत्र) मा सहभागी बने।सम्मेलनको अध्यक्षता केन्द्रिय उर्जा, आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले गरेका थिए।

जानकारी अनुसार, विधायक खरेलको साथमा राज्य उर्जा विभागका सचिव र मुख्य अभियन्ता पनि सम्मेलनमा सहभागी बने। खरेलले मुख्यमन्त्री, जो सिक्किम सरकारका उर्जा मन्त्री पनि हुन्, को पक्षमा केन्द्रिय मन्त्रीलाई पत्र बुझाए। उनले केन्द्रिय मन्त्रीलाई गत वर्ष ३-४ अक्टोबरमा आएको टिस्टा बाढ़ीले पुऱ्याएको क्षयक्षतिको बारेमा पनि जानकारी गराए।

About Author

Advertisement