गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा प्रेस क्लब अफ् सिक्किमको नवनिर्वाचित कार्यकारी सदस्यहरू र एडभाइजरी बोर्डसॅंग भेट गरेर अन्तरक्रिया गरे। पत्रकारहरूको टोलीलाई प्रेस क्लबका अध्यक्ष भीम राउतले अगुवाई गरेका थिए।
मुख्यमन्त्री तामाङले प्रेस क्लबको नयॉं कार्यकारी समितिलाई बधाई दिॅंदै सफल कार्यकालको निम्ति शुभकामना दिए। यसैगरी, उनले प्रेस क्लबको आगामी स्थापना दिवसको निम्ति बधाई एवं शुभकामना दिए।