सानो देश भुटानमा बसोबास गर्ने नेपाली भाषीले आफ्नो धर्म र संस्कृति कहिले भूलेका छैनन्l उनीहरूले नेपाली गीत संगीतलाई माया र प्रेमका साथ आफ्नो मौलिक संस्कृति जोगाइ राखेका छन्। भूटानका विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियो ‘कसम मायाको’ एबी ड्रिम क्रियसनद्वारा भर्खरै रिलीज भइसकेको छ। गायक कृष्ण काफ्ले र ममता गुरुङको स्वर रहेको छ भने पूनम प्रधानको शब्दमा विशाल गुरुङ र टिमले भिडियो निर्माण गरेका हुन्। गीतको भिडियोलाई विशाल गुरुङले निर्माण गरेका छन् भने हया ग्रीवा क्रिएशनको छाँयाकनमा राज मगर र संध्याले अभिनय गरेका छन्। एबी ड्रिम क्रियसनको अफिसियल च्यानलबाट रिलिज भएको भिडियोले दर्शकहरूको मन जित्नेछ भन्ने आशा राखेका छन्। माया र प्रेमले भरिएको यो गीत सुन्न यस लिंकमा क्लिक गर्नुहोस्।