६ जना किसानको जमिनमा खेती गर्न बन्द गरेको भाजापले लगायो आरोप

IMG-20240709-WA0189

कोचबिहार: तृणमूलले भाजपामा सामेल भएको आरोपमा ६ जना किसानको जमिनमा खेती गर्न रोकेको छ। भाजपाले तृणमूल कांग्रेसले यस सम्बन्धमा लिखित आदेश जारी गरेको आरोप लगाएको छ। यो आदेश तुफानगञ्ज-२ ब्लकको महिषकुची-१ ग्राम पञ्चायतको तृणमूल बुथ अध्यक्षले पार्टी प्याडमा जारी गरेको हो। उक्त आदेश सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। यस विषयमा भाजपाले राज्यको सत्तारुढ दलको कडा आलोचना गरेको छ। तर, सत्तारुढ दलले प्याड छापेर भाजपाले नै तृणमूल कांग्रेसलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ।

About Author

Advertisement