बिराटनगर: कैलालीको भजनी नगरपालिकामा आएको बाढीपछि बिस्थापित स्थानीय हुलाकी सडक किनारामा त्रिपाल टाँगेर बसेका छन्। उनीहरु रविबार रातिदेखि बालबच्चा, सरसामान र बस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। भजनीमा तीन सय १३ परिवार विस्थाापित भएको तथा चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएको पालिकाले जानकारी दिएको छ।