बिराटनगर: झापामा दुई जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–२ स्थित सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेका छन्। घर अगाडी रहेको सानो माई खोलामा डुबेर ती बालकको हिजो बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।त्यस्तै, बाह्रदशी गाउँपालिका २ स्थित राजगढ निवासी ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।स्थानीयले डुबेको अवस्थामा उनको शव पैनीबाट बाहिर निकालेका थिए। उनको शव नजिकै साईकल समेत फेला परेको थियो। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ।