ओली सरकारमा आरजु मन्त्री बन्न दौड सुरु

IMG-20240709-WA0003

बिराटनगर: संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एकिकृत मालेबीच भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि अझै केही दिन लाग्ने छ। एकिकृत मालेको समर्थन फिर्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएनन्, संसद सामना गर्ने निर्णय लिए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले १२ जुलाईरमा संसदमा विश्वासको मत लिने कार्यसूची छ। त्यो दिन उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत (१३८ सांसद) नभए उनी स्वतः पदमुक्त हुनेछन्। त्यसपछि बल्ल नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।तर एकिकृत माले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेको नेपाली कांग्रेसमा भने मन्त्रीका आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ। १ जुलाईमा कांग्रेस र एकिकृत मालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि भने आरजु फेरि मन्त्री बन्ने दौडमा आइन्। मन्त्री पदका आकांक्षी कांग्रेसका अर्का एक सांसदका अनुसार यसपटक आरजु मन्त्री बन्ने पक्का जस्तै छ ।कांग्रेस नेताहरुका अनुसार यो पटक सांसद आरजु देउवा राणा पनि मन्त्री बन्ने दौडमा छिन्।उसो त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा बाहेक कांग्रेसका हरेक सांसद मन्त्रीका सम्भावित उम्मेदवार हुन्। त्यस आधारमा आरजुले मन्त्री बन्ने आकांक्षा राख्नु अस्वाभाविक होइन। निकटवर्तीहरुका अनुसार उनले प्रचण्ड सरकारमा नै मन्त्री भएर जान चाहेकी थिइन्। तर देउवाले आलोपालोको सहमति अनुसार प्रचण्डपछि बन्ने माधवकुमार नेपाल नेतृत्वको सरकारमा पठाउने भन्दै रोकेका थिए। ५ फरबरी २०२३ मा गठबन्धन नै भत्किएपछि न माधव नेपाल प्रधानमन्त्री बन्ने भए, न आरजु मन्त्री भइन ।१ जुलाईमा कांग्रेस र एकिकृत मालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि भने आरजु फेरि मन्त्री बन्ने दौडमा आइन्। मन्त्री पदका आकांक्षी कांग्रेसका अर्का एक सांसदका अनुसार यसपटक आरजु मन्त्री बन्ने पक्का जस्तै छ। ओली सरकारमा आरजु मन्त्री बन्दा गठबन्धनलाई टिकाउन पनि मद्दत नै हुने कांग्रेसका अर्का एक नेता बताउँछन्। ‘यो गठबन्धनको भविष्य ओली र देउवाको विश्वासमा टिकेको भन्दै ती नेता भन्छन्, ‘आरजु देउवा मन्त्रिपरिषदमा हुनुभयो भने देउवासँग सहकार्यका लागि ओलीका लागि पनि निकै सहज हुन्छ।’ परराष्ट्रमा रुचिकांग्रेस नेताहरुका अनुसार जतिबेला छोरी सुजातालाई परराष्ट्रमन्त्री बनाए, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देउवालाई पनि आरजुलाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर त्यसबेला देउवाले त्यो बाटो रोजेनन् ।सक्रिय राजनीतिको उत्तरार्धमा पुगेपछि भने देउवालाई आरजुलाई अगाडि बढाएका छन्। २०१९ को चुनावमा कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्न टिकट नै दिए। २०२२ दिसंबरमा भने चुनाव जित्नेमा ढुक्क हुन नसकेपछि समानुपातिकमा राखेर संसदमा ल्याए। कांग्रेसको १४ औं महाधिवेशनमा आरजुले महिला खुलातर्फ केन्द्रीय सदस्यमा चुनाव जितिन्। पहिलो पटक केन्द्रीय समितिमा आएकी आरजुलाई संस्थापन समूहका नेताहरुले वरियताक्रममा माथि उकाले। अगस्त २०२३ मा उनी संसदको कृषि समितिको सभापति बनिन्। कांग्रेसको आगामी महाधिवेशनमा पार्टीको उपसभापति बन्ने आरजु देउवाको चाहना छ। त्यसका लागि उनले महाधिवेशन अगाडि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने एजेण्डा उठाएकी छन् ।विस्तारै पार्टीको राजनीतिमा भूमिका बढाउँदै गएकी आरजु अब ओली सरकारमा परराष्ट्रमन्त्री बन्न चाहन्छिन्। कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका ओली पनि आरजुलाई परराष्ट्रमन्त्री बनाउन सकारात्मक छन्। रतको सत्तारुढ दल भाजपा सँग सम्बन्ध बनाएकी आरजुलाई परराष्ट्रमन्त्री बनाउन बनाउँदा भारतसँग सम्बन्ध सुधारका लागि सहज हुने भएकाले ओलीले नाइँ नभन्ने नेताहरुको दाबी छ। सभापतिले चाहिँ निर्णय गरिसक्नु भएको छैन जस्तो लाग्छ’, कांग्रेसका एक नेता भन्छन्।

About Author

Advertisement