कोचबिहार: श्रमिक, कर्मचारी, शिक्षक र शिक्षाकर्मीहरूको संयुक्त आन्दोलन फोरमको ५९औं स्थापना दिवस १२ जुलाईमा मनाइनेछl कमिटीका सदस्यहरूले आज कोचबिहार प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए। १२ जुलाई कमिटीको ५९औँ स्थापना दिवस कार्यक्रम राज्यभर हुने भएको १२ जुलाई कमिटीका सदस्यहरुले जानकारी दिए। यससँगै १२ जुलाई कमिटीका सदस्यहरूले पनि ११ बुँदे मागसहित आन्दोलन शुरु गर्ने भएका छन्। ११ जुलाईमा सबै सरकारी कर्मचारीले ११ बुँदे मागलाई लिएर टिफिन समयमा आन्दोलन गर्ने क्लबका सदस्यहरुले बताएका छन्। केन्द्र र राज्य सरकारद्वारा सञ्चालित सरकारी संस्था र शैक्षिक संस्थामा रिक्त रहेका सबै पदमा योग्यताका आधारमा भर्ना गर्न माग गरिने संगठनका सदस्यहरूले बताए। यससँगै महँगी भत्ता बढाउनेलगायतका ११ वटा माग राखेका छन्। यी ११ मागलाई लिएर कमिटीले १२ जुलाई आन्दोलन गर्ने भएको छ। साथै आउँदो १२ जुलाई कमिटीमा सबै मागमाथि चर्चा हुने भएको छ।