राज्यपालले दिए ड्रुक्पा छेसीको हार्दिक शुभकामना

photocollage_2024630232310411

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ड्रुक्पा छेसीको शुभ अवसरमा राज्यका जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी सन्देशमा भनेका छन्, भगवान बुद्धले सारनाथमा आफ्ना पॉंच शिष्यलाई दिएको चार आर्य सत्यको प्रथम उपदेशको स्मृतिमा मनाइने महोत्सव ड्रुक्पा छेसीको सम्पूर्ण सिक्किमवासीहरूमा हार्दिक शुभकामना।

भगवान बुद्धले सारनाथमा आफ्नो पहिलो उपदेशको माध्यमद्वारा चार आर्य सत्यको शिक्षा दिएका थिए, जुन आज पनि एक समृद्ध, प्रगतिशील र शान्तिपूर्ण विश्वास व्यवस्थाको निम्ति अत्यन्त प्रासंगिक छ। भगवान बुद्धका शिक्षाहरूले हामीलाई आन्तरिक शान्ति, सामाजिक सद्भाव र वैश्विक प्रगतिको पथमा अगाडि बढ्न मार्गदर्शन प्रदान गर्छ।

राज्यपाल आचार्यले अझ भनेका छन्, सिक्किम तथागत वाणीको भूमि हो, जहॉं भगवान बुद्धका शिक्षाहरूले हामीलाई मार्गदर्शन प्रदान गरिरहेको छ। उनले यस पवित्र अवसरमा भगवान बुद्धले दिएका शिक्षाको अनुसरण गर्दै सबै मिलेर सिक्किम राज्यलाई अझ धेरै प्रगतिको मार्गमा लैजाउ भनी आह्वान गरेका छन्।

About Author

Advertisement