पेरिस डायमण्ड लीगमा आफ्नै राष्ट्रिय रेकर्ड तोड़े अविनाश साबलेले

IMG-20240708-WA0100

नयाँ दिल्ली: ओलम्पिकको निम्ति अगावै क्वालीफाई गरिसकेका अविनाश साबलेले आइतवार पेरिस डायमण्ड लीगमा ८ मिनट ९.९१ सेकेण्डको समय लिएर छैटौं स्थान हासिल गरी ३००० मीटरको स्टीपलचेजमा आफ्नै राष्ट्रिय रेकर्ड तोड़े। उनले २०२२-मा बनाएको आफ्नो राष्ट्रिय रेकर्ड (८ मिनट ११.२० सेकेण्ड)-मा लगभग १.५ सेकेण्डको सुधार गरे। इथियोपियाका अब्राहम सिमे ८ मिनट २.३६ सेकेण्डको समयसहित कीनियाका अमोस सेरेम (८ मिनट २.३६ सेकेण्ड) भन्दा फोटो फिनिशमा पहिलो स्थानमा रहे। कीनियाका अब्राहम किबिवोटले ८ मिनट ६.७० सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरे।
साबलेले २ साल अघि बर्मिंघम २०२२ कमनवेल्थ गेम्समा रजत पदक जितेर राष्ट्रिय रेकर्ड बनाएका थिए अनि यसपाली उनले त्यस रेकर्डलाई तोड़े। यो उनको दशौं राष्ट्रिय रेकर्डतोड़ प्रदर्शन हो। यसरी पुरुषहरूका ज्याभलिन थ्रो-मा ओलम्पिक दलका सदस्य किशोर जेनाको संघर्ष जारी रह्यो अनि उनी ७८.१० मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ आठौं स्थानमा रहे। उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८७.५४ मीटरको हो जबकि यस सीजनको सर्वश्रेष्ठ प्रदर्शन ८०.८४ मीटर हो। गत वर्ष एशियन गेम्समा रजत पदक जित्ने जेनाको यस सीजनमा प्रदर्शन असल रहेको छैन। उनले दोहा डायमण्ड लीगमा ७६.३१ मीटर र फेडरेशन कपमा ७५.४९ मीटरको थ्रो लगाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement