गोरुबथान युथसले २१०औं भानु जयन्ती भव्य रुपमा पालन गर्ने

Screenshot_20240707_233054_WhatsApp

गोरुबथान:: आगामी १३ जुलाईको दिन गोरुबथान युथसको तत्वावधानमा भानु जयन्ती भव्य रुपमा पालन गरिने भएको छ। ज्ञात रहोस् गोरुवथानमा गोरुवथान युथसको तत्वधानमा केही वर्ष अघि भानुभक्तको पूर्णाङ् शालिग पनि निर्माण गरिएको थियो। प्रतिवर्ष झै यस वर्ष पनि सोमबारे बजार बस बिसौनी नजिक रहेको भानुभक्तको सालिगमा माल्यार्पण गरिसकेपछि सोमबारे बजार गुम्बा नजिक रहेको सद्भावना हलमा एक सांस्कृतिक कार्यक्रम पनि गरिने जमर्को कसिएको छ। यसै विषयमा जानकारी गराउँदै गोरुवथान युथसका पदाधिकारीहरु यसो भन्छन्।

About Author

Advertisement