भगवान जगन्नाथको रथयात्राको भव्य आयोजनमा राज्यपाल सहभागी

n6210509861720375016270ddc499a34599c2d1151205d880f285541335a39423b8a89478cea32e4f1f3913

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज गान्तोकस्थित ठाकुरबाडी मन्दिरमा श्री जगन्नाथ सांस्कृतिक समितिद्वारा आयोजित भगवान जगन्नाथको रथयात्राको भव्य आयोजनमा सहभागी बने। यस अवसरमा राज्यकी प्रथम महिला कुमुद देवी पनि उपस्थित थिइन्।

ठाकुरबाडी मन्दिरमा आगमनपछि राज्यपालले राज्यवासीहरूको कल्याण, उन्नति र आरोग्यताको प्राप्तिको कामना गर्दै पूजा अर्चना गरे। यस अवधि उनले परम्परागत तरिकाले मानिसहरूको अभिवादन गरे र उपस्थित मानिसहरूले पनि दुवै हात उठाएर राज्यपालको अभिनन्दन गरे। यसका साथै राज्यपालले एमजी मार्गमा आयोजित जगन्नाथ रथ यात्रामा सहभागी बने, जहॉं धेरै संख्यामा श्रद्धालुहरू सामेल भएका थिए। जय जगन्नाथको नाराका साथ धूमधामले परम्परागत रूपमा रथयात्रा निकालियो।

राज्यपालले जगन्नाथ यात्राको प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिॅंदै यस उत्सवलाई भारतीय संस्कृति र समृद्ध परम्पराहरूको गतिशीलताको प्रतीक बताए। उनले भने, यो रथ यात्रा आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित र प्रोत्साहित गर्ने र देशलाई जोड्ने एउटा सशक्त माध्यम हो।

हरेक साल आषाढ महिनाको शुक्ल पक्षको द्वितीय तिथिदेखि यात्रा शुरू हुन्छ र आषाढ शुक्ल पक्षको ११औं दिन यात्रा समाप्त हुन्छ। रथ यात्रा पौराणिक कथा र धार्मिक मान्यताहरूसॅंग जोडिको पर्व हो जसले भारतीय संस्कृति र समाजलाई सशक्त बनाउॅंछ।

यस अवसरमा गान्तोकका विधायक दिले नामग्याल बरर्फुङ्गपा, गान्तोक नगर निगमका पार्षद सन्दीप मोलवा, आयोजक मण्डली एवं श्रद्धालुहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement