नाम्ची जिल्लाको स्मृति वनमा विरूवा रोपियो

IMG-20240707-WA0271

गान्तोक: सिक्किम पर्यवरण पर्व अन्तर्गत आज नाम्ची जिल्लाको स्मृतिवनमा विरूवा रोपन कार्यक्रम आयोजना गरियो। राज्यको वन एवम पर्यावरण विभागको पहलमा आयोजित कार्यक्रममा शहरी विकास विभागका मन्त्री भोजराज राई, जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो। यस कार्यक्रम अन्तर्गत १५० भन्दा अधिक विरूवा रोपियो जसमा चेरी, जडुल,धुपी लगायत अन्य विरूवाहरू रोपिएको जानकारी गराइएको छ। सोही प्रकारले मेरो रूख मेरो सन्तति कार्यक्रम अन्तर्गत आज बिहान ११ बजीदेखि सात मिनटसम्म वाहनहरूक चलाचल बन्द भएको थियो। पर्यावरणलाई प्रदुषणमुक्त बनाउने उद्देश्यले प्रत्येक वर्षको ७ जुलाईको दिन सात मिनटसम्म वाहनहरूको आवात जावत ठप्प राख्ने सरकारले नियम शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement