गान्तोक: सिक्किम एमेच्योर बक्सिङ एसोसिएसनले आज प्रशिक्षकहरूलाई अभिनन्दन जनायो। मुख्य अतिथि खेलकूद विभागीय सचिव योगिता राई थिइन् विसिष्ट अतिथिहरुमा सिकिम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारी, ओलम्पियन जसलाल प्रधान थिए। जसलाल प्रधानले सम्बोधन गर्दै संघबारे बताए। उनले बक्सिङ खेललाई क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुर्याउने यसअघिका अध्यक्ष तथा सदस्यहरुको कार्यबारे प्रकाश पारे। उनले खाम्दोङमा जसलाल प्रधान एकाडेमी स्थापना गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिँदै एकाडेमीका आगामी स्नातकहरूलाई ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय स्तरमा पुग्नेबारे बताए। उनले खेलाडीका लागि अवसर ल्याउन खेलकुद तथा युवा मामिला विभाग र साबाको संलग्नतामा जोड दिए। उनले सिक्किमका युवाहरूलाई सहयोग गर्न एथलीटका अभिभावकहरू सक्रिय रूपमा संलग्न हुन आवश्यक रहेको बताए। आफ्नो सम्बोधनमा, योगिता राईले सबै बक्सर र प्रशिक्षकहरूको समर्पणको प्रशंसा गरिन्। उनले भनिन् सिक्किमको सबैभन्दा सक्रिय खेल संघको उपलब्धिहरूमा ठूलो गर्व गर्नुपर्ने उल्लेख गरिन्। उनले एक विद्यार्थी भएको र राज्यमा उचित बक्सिङ रिङ नभएको समयमा सिक्किमको पहिलो ओलम्पियन बन्ने श्री जसलाल प्रधानको उपलब्धिको बारेमा सुनेको र प्रधान एकाडेमीको शिलान्यास भइसकेको र निर्माण सुरु गर्न सरकार सक्रिय रहेको उनले जानकारी दिइन्। राज्यको ख्याति कमाउने प्रशिक्षक र बक्सरहरूलाई सम्मानित गरियो।