सिक्किमले दीर्घकालिन विकास साथै पर्यवरण संरक्षणलाई महत्व दिएको छः मुख्यमन्त्री तामाङ

IMG-20240707-WA0265

गान्तोक: एसकेएम पार्टी सत्तामा आएपछि प्रतिवर्ष आजको दिन ७ जुलाईमा पालन गरिने “धरती मातालाई एक दिन’’ कार्यमार्फत धरती मातालाई सम्मान गर्न हामी एक साथ खड़ा भएको अनि यो क्षण हाम्रो ग्रहको सुरक्षा र यसको अमूल्य संसाधनहरूको संरक्षणबारेमा जागरूकता बढ़ाउनलाई समर्पित रहेको दर्शाएको राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले विचार पोखेका छन्। आफ्नो आधिकारिक भ्रमणमा हाल राज्यबाहिर रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत यस्तो विचार साझा गरेका छन्।

एसकेएम सरकारले विभिन्न हरित पहलहरूको माध्यमबाट दीर्घकालीन विकास अनि पर्यावरण संरक्षणलाई बढ़ावा दिइरहेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। सिक्किमको हरित आवरण, जैव विविधता र हरित नीतिहरूले साँचोमा “भारतको हरित राज्य’’-को रूपमा सिक्किमको प्रतिष्ठालाई दह्रिलो पारेको मुख्यमन्त्रीले मन्तव्य व्यक्त गरेका छन्। आजको दिन हामी हाम्रो कार्बन फूटप्रिण्ट कम गर्न प्रतीकात्मक संकेतको रूपमा आपतकालीन वाहनहरूवाहेक सबै वाहनहरूको आउजाउ सात मिनटसम्म ठप्प गर्छौं। मुख्यमन्त्री तामाङले सबै नागरिकहरूलाई आफ्नो कार्बन फूटप्रिण्ट कम गर्न अनि जल संरक्षण, फोहोर कम गर्न र पर्यावरणमैत्री विकल्पहरू प्रयोग गर्न जस्ता दिगो अभ्यासहरू अपनाउन आह्वान गरेका छन्। हामी सबैले हाम्रा ताल, नदी, जङ्गल र पवित्र बगानहरूसँगै हाम्रा संरक्षक देवता कञ्चनजंघा पर्वतलाई सम्मान गर्नुपर्ने उनले थप आह्वान गरेका छन्। हाम्रो संस्कृतिले स्वभाविक रूपमा संरक्षणको लोकाचारलाई मूर्त रूप दिन्छ, र अब हामी “सिक्किमी जीवन शैली” को प्रदर्शन गर्दै विश्वव्यापी प्रतिमान बन्न तयार रहेको मुख्यमन्त्री तामाङले अवगत गराएका छन्।

मुख्यमन्त्री तामाङले थप बताएअनुसार, राज्य सरकारको वातावरणीय पहलहरूको फलस्वरूप वन स्वास्थ्यमा सुधार आएको छ। राज्यमा यसअघि नदेखिएका बाघ अनि बाइसन जस्ता वन्यजीवहरूलाई हाम्रो पुनर्जीवित वनले आकर्षित बनाएको छ। “सिकिम परिवरण पर्व” उत्सवले हाम्रो समृद्ध जैविक विविधता र संरक्षण जागरूकतालाई बढावा दिन्छ। यसमा वृक्षरोपण अभियान, झोड़ा सर-सफाई, बाटो, बजारहरू अनि घरहरूको सफाई, अक्षय ऊर्जालाई बढ़ावा दिन, व्यर्थ ऊर्जाको खपतलाई कम गर्नु अनि ठोस फोहोर प्रबन्धनमा सुधार जस्ता कार्यक्रम सामेल रहेको छ। ग्रीनथन, माउण्टेन बाइकिङ, ग्रीन वक् अनि पर्यावरण विषयहरूमाथि नानीहरूको विभिन्न प्रतियोगिताहरू जस्ता कार्यक्रमले संरक्षण मूल्यहरूलाई थप बढ़ावा दिइरहेको मुख्यमन्त्रीले विचार पोखेका छन्। “मेरो रुख मेरो सन्तति’’-योजनामार्फत प्रत्येक नवजात शिशुको नाममा १०८-वटा विरुवा रोपेर दिगो वातावरणीय विरासत सिर्जना गर्नु यसको लक्ष्य रहेको छ। योसँगै शिशु समृद्धि योजना अन्तर्गत नवजात शिशुको नाममा १० हजार ८०० सय रुपियाँ जमा गर्नु आमाहरू अनि उनका शिशुहरूप्रति एक श्रद्धा रहेको मुख्यमन्त्री मन्तव्य व्यक्त गरेका छन्। यसरी नै राज्य सरकारले सड़कका किनाराहरूमा वृक्षको संख्या बढ़ाउनको निम्ति “मेरो बाटो मेरो बोट’’ विरुवारोपण योजना पनि शुरु गर्ने मुख्यमन्त्री तामाङले अवगत गराएका छन्। पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयद्वारा वर्ष २०२३-२४-मा पर्यावरण शिक्षा कार्यक्रम उत्कृष्ट कार्यान्वयन गरेको श्रेष्ठ राज्यको रूपमा सिक्किमलाई मान्यता दिएको मुख्यमन्त्रीले स्मरण गराएका छन्। सर्वोच्च स्तरबाट प्राप्त यो प्रशंसाले राज्य सरकारको पहलहरूको सफलता अनि स्थिरतालाई पुष्टि गरेको मुख्यमन्त्री तामाङले दावी गरेका छन्।

“धरती मातालाई एकदिन’’ कार्यक्रम पर्यावरणीय स्थिरताप्रति सिक्किम राज्यको अटुट प्रतिबद्धताको प्रमाण रहेको अनि यसको संरक्षणप्रति राज्यको सक्रिय दृष्टिकोणलाई दर्शाएको मुख्यमन्त्रीले विचार साझा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement