हरारे: भारतले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा जिम्बाब्वेलाई १०० रनको ठूलो अन्तरले पराजित गऱ्यो। भारतको यस एकतर्फी जीतमा युवा ओपनर अभिषेक शर्माको महत्त्वपूर्ण योगदान रह्यो, जसले १०० रन बनाए। यस जीतको साथै भारतले पाँचवटा म्याचको टी२० सीरीजमा १-१ को बराबरी हासिल गऱ्यो। हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रनको विशाल स्कोर बनायो। त्यसपछि जिम्बाब्वे १८.४ ओभरमा १३४ रन बनाएर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्ने भारतीय टीमबाट ओपनर अभिषेक शर्माले ८ वटा छक्का र ७ वटा चौकाको साथ ४७ बल खेलेर १०० रन बनाए। कप्तान शुभमन गिल २ रन बनाए दोस्रो ओभरमै आउट हुँदा स्कोर केवल १० रन रहेको थियो। त्यहाँबाट अभिषेकले रुतुराज गायकवाड़सँग मिलेर दोस्रो विकेटको निम्ति १३७ रनको पार्टनरशीप गरे। रुतुराजले पनि अर्द्धशतक (७७ रन) बनाए, जसले ४७ बल खेलेर ११ वटा चौका र एउटा छक्का लगाए। अभिषेकले वेलिंगटन मसाकाद्जाको लगातार बलमा ३ वटा छक्का लगाएर आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक बनाए। शतक पूरा गरेपछि अभिषेकको आउट भए तर रुतुराजले रिंकू सिंहसँग तेस्रो विकेटको निम्ति ८७ रनको अटूट पार्टनरशीप गरी भारतलाई २३४ रनसम्म पुऱ्याए। रिंकूले २२ बलमा ५ वटा छक्का र २ वटा चौकाको साथ अविजित ४८ रन बनाएर विपक्षी टीमको सातो खाए। ठूलो लक्ष्यलाई पछ्याउँदै जिम्बाब्वेले ओपनर इनोसेण्ट काइयालाई (४ रन) पहिलो ओभरमै गुमायो। त्यसपछि वेस्ले माधेवेरेले ब्रायन बेनेटसँग मिलेर प्रयास गरे पनि टीमलाई बचाउन सकेनन्। माधेवेरेले सर्वाधिक ४३ रन बनाए। उनले ३९ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। यसरी बेनेटले ३ वटा छक्का र एउटा चौकाको साथ ९ बलमा २६ रन बनाए। जिम्बाब्वेको मीडलअर्डरमा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। अन्तमा ल्यूक जोंगवेले ३३ रन बनाए पनि भारतलाई म्याच जित्न असुविधा भएन। भारतीय बलरहरूमा पेस बलर मुकेश कुमार र अवेश खानले ३-३ विकेट हासिल गरे। स्पिनर रवि बिश्नोईको नाममा २ विकेट रह्यो। अभिषेकलाई प्लेयर अव् द म्याच चयन गरियो।