राजगञ्जमा कामबाट घर फर्कने क्रममा दु:खद दुर्घटना, दुई साथीको मृत्यु, एक घाइते

f4310357-f0f8-4d35-8e4e-468f3307950a-1024x808

राजगञ्ज: कामबाट घर जाँदै गरेका दुई साथीको सडक दुर्घटनामा मृत्यु भएको छ। जबकि अर्का एक युवक गम्भीर घाइते भएका छन्। जो अस्पतालमा भर्ना छन्। शनिबार राति करिब ७ः३० बजे गजलडोबा–फुलबारी नहर सडकमा रहेको सीताराम मन्दिर नजिकैको क्षेत्रमा दुर्घटना भएको हो। मृत्यु हुनेको नाम इन्द्रजित राय (२१) र बप्पा राय (१९) रहेको छ। उनी राजगञ्ज ब्लकको मन्तदारी ग्राम पञ्चायतको मेन्घारा क्षेत्रका बासिन्दा थिए। जबकि घाइते युवकको नाम राजु राय (२०) रहेको छ। उनी मन्तदारीको गेटबजार क्षेत्रका बासिन्दा हुन्।परिवार र पुलिस स्रोतका अनुसार सो क्षेत्रका तीन युवा साहुडांगी क्षेत्रमा रहेको कारखानामा काम गर्छन्। गएराति तीनै जना मोटरसाइकलमा काम सकेर घर फर्किरहेका थिए। त्यसपछि मोटरसाइकल अनियन्त्रित भई टिष्टा नहर रोडमा दुर्घटना भएको हो। त्यसपछि सडकबाट गुज्रिरहेको गाडीले दुवैलाई ठक्कर दिएको थियो। जसका कारण इन्द्रजीत र बप्पाको घटनास्थलमै मृत्यु भएको थियो। जबकि राजु गम्भीर घाइते भएका छन्। त्यसपछि स्थानीयले तीनैजनालाई उद्दार गरी घरमा घटनाबारे जानकारी गराएका थिए। त्यसपछि तीनै जनालाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लगिएको थियो, जहाँ ड्यूटीमा रहेका डाक्टरले दुईजनालाई मृत घोषणा गरेका थिए। जबकि तेस्रो साथीको अस्पतालमा उपचार भइरहेको छ। यता, यो घटनाले सो क्षेत्रमा शोक फैलिएको छ। अम्बरी थाना पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement