सिलगढी: सिलगढी शहरभित्रै विषालु मदिराको व्यापार चलिरहेको थियो। पसलमा मदिराको नाममा ग्राहकलाई विष खुवाइँदै आएको छ। पैसा कमाउने लोभमा कतिपयले जनताको जीवनमा खेलवाड गरिरहेका छन्। यो कालो कारोबारको पर्दाफास हुनासाथ पुरै शहरमा सनसनी मच्चियो। प्रधाननगर पुलिस थानाले यस घटनामा एक अभियुक्तलाई पक्राउ गरेको छ। वास्तवमा देविडङ्गा मिलन मोडमा रहेको घरभित्र विषाक्त मदिरा तयार भइरहेको थियो। त्यसपछि यो विषालु मदिरालाई एक प्रसिद्ध कम्पनीको लोगोसहितका बोतलमा भरेर कार्टुनमा प्याक गरी बजारमा पठाइएको थियो। यहाँ ग्राहकले ब्राण्ड र कम्पनीको लोगो हेरेर मदिरा किन्ने गर्दथे। यो कुरा थाहा पाउने बित्तिकै प्रधान नगर थानाको सेतो लुगा लगाएको पुलिसले सिलगढीको देविडंगा मिलनमोर्डको छेउमा रहेको करैबाडी क्षेत्रमा रहेको भाडाको घरमा अपरेशन सुरु गर्यो।यसै क्रममा नक्कली मदिराको कारोबार पर्दाफास भएको थियो। प्रहरीले घटनास्थलबाट २ हजार ४० बोतल नक्कली मदिरा, ८० लिटर कच्चा स्पिरिट, प्रतिष्ठित कम्पनीको लोगो र बोतल बरामद गरेको छ। जसको मूल्य लाखौं रुपियाँ छ। यसैबीच पुलिसले घटनामा संलग्न एक जनालाई पक्राउ समेत गरेको छ। आरोपीको नाम दिलीप मण्डल (३९) हो। उनी हाकिमपाडा निवासी रहेको बताइएको छ।पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार यो विषालु मदिरा घरभित्रै केमिकल प्रयोग गरी तयार पारिएको थियो। यो व्यवसाय लामो समयदेखि सिलगढी सहरभित्र चलिरहेको थियो। विशेषगरी बिहार, पञ्जाब र सिलगढीका बजारमा यो विषालु रक्सी बिक्री भइरहेको थियो। पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ। योसँगै पुलिसले यो विष व्यवसायमा संलग्न अन्य व्यक्तिहरुको खोजी शुरु गरेको छ।