सिलगढी: देशभरका साथसाथै आज सिलगढीमा पनि भगवान जगन्नाथको रथयात्रा निकालियो। शहरको इस्कोन मन्दिरमा आज ठूलो उत्साहका साथ रथयात्रा निकालियो। सिलगढीका मेयर गौतम देबले श्री श्री राजगन्नाथको रथको उद्घाटन गरे। श्री श्री बलदेव रथको उद्घाटन सुधीर कुमार, आईजी एसएसबीद्वारा गरियो।

दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष पापिया घोषले सुभद्रा देवीको रथको उद्घाटन गरे। सो अवसरमा प्रख्यात समाजसेवी दीपक अग्रवाल, डा. जीबी दास, आरके साह, कमलेश अग्रवाल, सुशीला देवी अग्रवाल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। रथयात्रा कार्यक्रमको सञ्चालन इस्कोन मन्दिरका प्रधानाध्यापक श्रीपाद अखिलात्मा प्रिया दास ब्रह्मचारीले गरे।
