अलिपुरद्वारमा वर्षाले जनजीवन प्रभावित, भाजपा विधायक गरे क्षेत्रमा भ्रमण

IMG-20240707-WA0215

अलिपुरद्वार: जिल्लाका कुमारग्राम विधानसभा विधायक मनोज कुमार ओरावले आइतबार बोरागाडी क्षेत्रको भ्रमण गरे। कुमारग्राम विधानसभाको भाटीबाडी ग्राम पञ्चायतअन्तर्गत बोरागडी क्षेत्रबाट गधाधर नदी बग्छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ। कुमारग्राम विधानसभाका विधायक मनोज कुमार ओरावले क्षेत्रको अवलोकन गरे र यहाँका मानिसहरूसँग कुरा गरे। सो अवसरमा उनले आगामी दिनमा बाँध मर्मत नगरे अझै धेरै घर खोलामा डुबेको बताए। उनीसँग कुमारग्राम विधानसभाको भाजपा डिभिजन नम्बर ५ का अध्यक्ष कालीपद दासलगायत भाजपाका विभिन्न तहका नेताहरू पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement